किशोर सुब्बा लिम्बु
उहिले हरेलो डाँडाका बिसु पुरी बुढाले एक दिन गाईवस्तु चराउन जंगल लगेका थिए रे । बेलुका घर ल्याँने बेला एउटा ब्याउने गाई हराएको थाहा पाएछन् । ब्याउने गाई हराएकोले जंगल चारैतिर खोजे रे तर गाई कतै भेटिएन । भेटिदै भेटिएन रे । तेतिकै भयो । एक दिन बिसु पुरी बुढा भीरमा घाँस काट्नु जाँदा पो ब्वा...आ कराको सुनेछन् । एकछिनमा त सानो बाच्छो पनि पो करायो रे । आफ्नो गाईको आवाज पुरी बुढाले चिनिहाले । अचम्म यस्तो भीर, पट्यार घारीमा कहाँ छ त भनेर घारी पञ्छाउँदै जाँदा त सानो दुलो भित्र ओढारबाट पो गाई र बाच्छा कारउँदछ रे ।
अध्याँरो गुफा भित्र जान डराएछन् । घरमा आएर राँको लिएर आएर बुढीलाई पनि साथी लिएर आए रे । राँको बालेर भित्र जाँदा त भित्र तब ओहो कत्ति मज्जाको खुल्ला ठाउँ पो थियो रे । सात वटा दुधको कुण्ड भएको । पाँचवटा तीपाटे दुधको थुनबाट दुध चुहिरहेको गुफा भित्र पो गाई र बाच्छ मज्जाले बसेको रे । बिसु पुरी बुढा अलि अगाडी धर्म ढोकाबाट अगाडी गएछन् । पछि पछि आएको स्वास्नीलाई भने धर्म ढोकाले च्यापेछ रे । अनि पुरी बुढाले लौ परमेश्वर तिमी ठूलो महादेव रहेछौ , तिमीलाई म सुनको छत्र बनाएर चढाउने छु । यो अज्ञानी मनुखेलाई उतै फर्कइदेउ भनेर बिन्ति भाउ गरे पछि बुढिलाई पछाडीनै निकाली दिए रे । धर्म ढोकाबाट अगाडी गएका पुरी बुढाले भने पाँच वटा सुनको धाराबाट झरेको जलकुण्ड भेटे रे । एक्काइस वटा सुन्तलाको बीउ लिएर आएर सुन्तला रोपेर फलाएर चढाएका थिए रे । गाई र बाच्छा घरमा ल्याएर आएछन् । बिसु पुरी बुढाले सधै तल भीरमा जंगलको विचको गुफामा जान त नसकिने भएकोले नागीको हरेलो डाँडामा बजार लाग्ने भन्दा अलि तल एउटा ढुङ्गामा महादेबको मुर्ती खोपेर सधै बिहान बेलुकी त्यो गाईको दुध लौ परमेश्वर तिमी ठूलो महादेउ रहेछौ । मेरो वस्तुभाउको रख्खे गरिदेउ भनेर पूजा गरे रे । त्यो गाईको दुध महादेबको नाम गरेर त्यै ढुङ्गा चढाए रे । उनले खाएनन् रे । पछि एक कान दुकान मैदान हुँदै यो कुरा गाँउलेहरुले पनि सुनेछन् । अनि मान्छेहरु महादेवको दर्शन गर्न जान थालेछन् । आफ्नो आफ्नो दुःख, पिरमार्काहरुबाट छुटकाराको लागि महादेवसँग पुकारा गर्न थालेछन् । भाकाल गर्न थालेछन् । स्वच्छ मले भाकाल गरे मनोकामना पुरा हुने जनविश्वास पाइन्छ । अजकल कार्तिकको ठूलो एकादशीमा ठूलो मेला नै लाग्ने गरेकोछ । अहिले यस क्षेत्रको ठूलो धार्मिक स्थलको रुपमा विकसित भैसकेकोछ ।
(श्रोत : कोइराला Baje, Pachkhapan Municipality-6, Sankhuwasabha, Nepal)
Folklore: A Myth story of Jaumbari Mahadeu Than (Shrine of Mahadev)
Kishor Subba Limbu
![]() | |||||
Photo Source: Panchkhpan Municipality's Documentary Many years ago, Bisu Puri Budha (an old man) of Harelo Danda (Harelo Hill) went to the forest to graze his cattle. When returning cattle to the home in the evening, he noticed that a pregnant cow was missing. As the breeding cow was missing, they searched around the forest but could not find it. One day, when Bisu Puri was going to mow the grass on the rock cliff, he heard a cow and a small calf crying. The old man recognised the sound of his cow. as he was trying to find out where the dense bush was. He would find a cow and a calf in a small hole in the rock cliff. Bisu Puri was afraid to go inside the dark cave. He returned to the home, organised a torch, and brought his wife with him for the company. When he went inside with the torch, there was an open space inside the cave. There are seven milk jugs. The cow and the calf are sitting happily inside the cave. There were seven milk ponds, and five milk jugs were dripping milk. Bisu Puri Budha had gone a little further through Dharma Dhoka (the Door of the Pure Heart).
|
Post a Comment